‘सरकार पाँच वषसम्म ढल्दैन’ — झलनाथ खनाल

काठमाडौ,१८ कात्तिक —सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गरेका छन् ।आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे ।