मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कात्तिक —मानव अधिकारवादी पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग ग्रसीत थिए ।