टोखा नगरपालिकाका अधिकृत घुस लिदालिदै पक्राउ

 

असोज २८, काठमाडौं — काठमाडौं जिल्लाको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुस सहित पक्राउ परेका छन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
अधिकृत सुवेदी १ लाख रुपैयँ घुस लिदालिदै कार्यालयबाटै पक्राउ परेका हुन् ।

आयोगका प्रवक्ता तथा सह —सचिव रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिले निर्माण गरेको सडकको अन्तिम बिलको भुक्तानी गर्ने शिलशिलाका लागि घुस माग गरेका थिए ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए ।
आयोगलाई प्राप्त सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयँ घुस लिइसकेको अवस्थामा आइतबार पक्राउ गरेको हो ।