बालिका बलात्कारको आरोपमा युवक पक्राउ

हेटौंडा, २७ असोज—बलात्कारका घटना दिनानुदिन समाचार बनेका छन् । यसैबेला हेटौंडामा एक जना युवलाई बालिका बलात्कारको अरोपमा पक्राउ गरिएकोछ ।
भीमफेदी गाउपालिकाकी १५ बर्षीया बालिकालाई हेटौंडा १० स्थिप होटलमा ल्याएर बलात्कार गरेको आरोप लागेकोछ । हेटौंडा १ का ३० वर्षे कमलराज गीरिलाई शुक्रबार प्रहरीले पक्रा गरेको हो । घटना बुधबार भएको प्रहरीले जनाएकोछ ।