कुखुरालाई लागेको बर्डफ्लुको चार महिना पछि किसानले पाए राहत

 

चितवन, २९ असोज—किसानहरुले बर्ड फ्लुबाट नष्ट भएका कुखुराको रकम चार महिना पछि बल्ल सोमबार बुझेका छन् । बैशाखको पहिलो साता चितवनको खैरहनी लगायतका क्षेत्रमा कुखुरामा बर्ड फ्लु रोग लागेको थियो ।
अरु पशुपन्छीलाई समेत रोग नसरोस भनेर वरपका पन्छी समेत मार्नु परेको थियो । यसो गर्दा सरकारले निश्चीत रकम किसानलाई दिने गर्र्छ । चितवनमा जेठको पहिलो साता नष्ट पारीएका कुखुरा र हांसको राहत पाएका थिएनन् । चार महिना पछि पाउदा उनीहरु राहतको महशुस गरेका छन् ।