७ वर्षमा पशुपति मन्दिरमा ६८ करोड २० लाख भेटी संकलन

काठमाडौ,२६ असोज — पशुपतिनाथ मन्दिरमा बिगत सात वर्षमा ६८ करोड २० लाख रुपियाँभेटी संकलन भएको छ ।  पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो ।