गौतमको संसद छिर्ने योजना बिफल

काठमाडौ,२६ असोज —उपचुनावबाट संसद छिर्ने वामदेव गौतमको योजना बिफल भएको छ । चौतर्फी आलोचना भएपछि गौतम काठमाडौं क्षेत्र नम्बर ७ मा उपचुनाव गराएर संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् ।
काठमाडौं ७ का सांसद रामवीर मानन्धरले उनका लागि पद त्याग्न तयार भए पनि चौतर्फी आलोचना र पार्टी्भित्रै शीर्ष नेताको साथ नपाएपछि वामदेव उपचुनावबाट पछि हटेका हुन् ।