काठमाडौं ७ मा उपनिर्वाचन गर्न राज्यको १० करोड खर्च हुने

काठमाडौं,२५ असोज — काठमाडौ ७ मा उपनिर्वाचन गर्दा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च मात्रै १० करोडभन्दा बढी हुने देखिएको छ गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन खर्चको अनुपात हेर्दा प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रमा करिब १० करोड खर्च भएको थियो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा १० प्रतिशत खर्च बढ्न सक्छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा सो क्षेत्रमा नं. ७ बाट निर्वा्िचत रामवीर मानन्धरले राजीनामा दिएपछि उपनिर्वाचन हुुन लागेको हो ।