आगामी शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं,२५ असोज —नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आगामी शनिबार (२७ गते) बैंक खुला राख्न निर्देशन दिएको छ । अर्थमन्त्रालय राजस्व व्यवस्थापन महाशाखाले २७ गते शनिबार सार्वजनिक विदा भएपनि राजस्व बुझ्ने सबै बैंकको काउन्टर र शाखा पुरै समय खुला राख्न राष्ट्र बैंकलाई सोमबार (२२ गते) परिपत्र गरेपछि राष्ट्र बैंकले त्यस्ता बैंकलाई शनिबार खुला राख्न निर्देशन दिएको हो ।