डुङ्गा पल्टीँदा आठ जनाको मृत्यु, २५ जना बेपत्ता

 

एजेन्सी,२५ असोज —अवैध आप्रवासीहरूलाई बोकेको डुङ्गा दुर्घटना हुँदा टर्कीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
घटनामा परी बुधबार अन्य २५ जना बेपत्ता भएको र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । उद्धारकर्ताहरूले घटना लगत्तै खोजी गर्दा मृत्यु भएकाको शव भेट्टाएका थिए भने मृत्यु हुनेहरूको सङ्ख्या थप बढ्न सक्ने अनुमान पनि गरेका छन् ।