५ लाख घुस सहित सहन्यायाधिवक्ता पक्राउ

काठमाडौ,२५ असोज —सेवाग्राहीसँग ५ लाख रुपैया घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पक्राउ गरेको छ । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका सहन्यायाधिवक्ता थापालाई अख्तियार अनुसन्धान आयोग पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।