उपत्यकाको शान्तिसुरक्षाका ‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान शुरु

काठमाडौ,२५ असोज —महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक ¥यापिड स्क्वाड’ अभियान सञ्चालनमा ल्याएको छ ।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन , बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र सडक अनुशासनलाई अभिवृद्धि गर्न चाडवाडको समय पारेर उक्त अभियान सञ्चालनमा ल्याएको हो ।