डलरको भाउ हाल सम्मकै उच्च

काठमाडौ,२४ असोज — विगत एक महिना यता अमेरिकी डलरको मूल्य वढ्ने क्रम निरन्तर रहेकै बेला आज अहिले सम्मकै उच्च पुगेको छ । अमेरिकी डलरको भाउ आज प्रतिडलर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको अमेरिकी डलरको भाउ मंगलबारको दाँजोमा थप ५३ पैसाले महँगो भएको छ ।