आजदेखि सार्वजनिक सवारीको रुट परमिट खुल्ला

ंकाठमाडौं,२४ असोज —यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुल्ला  गरेको छ । नारायणघाट–काठमाडौं रुटमा भने आजबाट ठूला सवारी साधनको प्रवेध निषेध गरिएको छ ।
विभागले नेपालीहरूको महान पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो ।