आजदेखि हलमा छक्का पञ्जा–३

काठमाडौं,२४ असोज —‘छक्का पञ्जा’ सिरिजको तेस्रो शृंखला बुधबारबाट प्रदर्शनमा आएको छ । शुक्रबार फिल्म रिलिज गर्ने परम्परालाई तोड्दै घटस्थापनाको अवसर पारेर फिल्म रिलिज गरिएको हो ।
दिपा श्री निरौलाद्धारा निर्देशित चलचित्रमा दीपकराज गिरी, जितुु नेपाल, केदार घिमिरे दीपिका प्रसाई, सन्जोग कोइराला, प्रियंका कार्की, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।