नेकपा सचिवालय बैठक २७ गतेसम्मका लागि स्थगित

 

काठमाडौं, २४ असोज —आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित भएको सचिवालयले जनाएको छ । यसअघि गत सोमबार बसेको बैठकले थप छलफल गर्न भन्दै आजको मिति तय गरेको थियो ।