आजदेखि दशैं सुरु :  जमरा राखेर घटस्थापना मनाइदै

 

काठमाडौं, २४ असोज—दशैं आजदेखि सुरु हुदैछ । घरमा जमरा राखेर घटस्थापना मनाएपछि दशैं सुरु हुन्छ । हिन्दुु धर्मावलम्बीको महान पर्व बडादशैंलाई विजय प्राप्तीको दिन पनि भन्ने गरिन्छ ।
दियो कलश र गणेशको पुुजा गरेर जौं र मकै रोपेर जमरा राख्ने परम्पराछ । जमरा सकेसम्म पहेलो भए राम्रो मान्छि । त्यसैले पहेलो जमरा बनाउन अध्यारो कोठमा राख्ने चलन छ । नेपाल पञ्चाङग निर्णायक समीतिले जनाए अनुुसार घटस्थापनाको शुुभ साइत ७ बजेर १५ मिनेटमा रहेको छ ।