आज विश्व हुलाक दिवस मनाइदै

काठमाडौ,२३ असोज — आज विश्व हुलाक दिवस नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइदै छ ।  सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष यस दिनलाई हुलाक दिवसको रुपमा मनाउने गरिएको हो । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।