भुटान विरुद्ध नेपालको शानदार जित

 

काठमाडौँ,२३ असोज —मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपालले भुटानमाथि ११७ रनको शानदार जित हासिल गरेको छ ।
प्रतियोगीतामा नेपालको यो लगातार चौथो जित हो । नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो । तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको थियो ।