डा. सिके राउत प्रहरीको पक्राउमा

रौतहट, २२ असोज—डा. सिके राउतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकोछ । स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिकेलाई रौतहटबाट पक्राउ गरिएको हो । सोमाबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी जिल्ला अदालत रौतहटमा नियमीत पेशीमा उपस्थित भएर फर्किदै आएका थिए । यसै बेला उनलाई प्रहरीले हिरासतमा दिएको हो । रौतहरका प्रहरी उपरीक्षक केदार ढकालका अनुसार सिकेले राज्यविरुद्ध अभिव्यक्ति दिएाले प्रहरीले पक्राउ गरेको हो । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए ।