दशैंको मुखैमा चिनीको मूल्य नघट्दा उपभोक्ता मर्कामा

काठमाडौं, २२ असोज—उपयोक्ताले मुखैमा आउन लागेको दशैंमा चिनिको मुल्य वृद्धिले मर्कामा पर्ने भएका छन् । सरकारले उद्योगी, उखुुकिसान र उपभोक्ता अधिकारकर्मीसंग चिनीको मूल्य प्रतिकिलो ६३ रुपैया राख्नुपर्ने माग राखेका थिए । सहमति अनुसार संसदीय समितिको निर्देशन कार्यान्वयन नहुुदा उपभोक्ताले यतिबेला चिनी महंगो मूूल्यमा किन्नु पर्ने भएकोछ ।
भदौं २१ गते चिनीको मूल्य प्रतिकीलो ६३ रुपैया भन्दा बढि नलिने सहमति भएको थियो । तर, सहमति अनुसार सरकारले चिनीको मूल्य नघटाएको उपभोक्ताको गुनासो छ । अहिले चिनीलाई प्रतिकिलो ७० देखि ८० रुपैया तिर्नु परेकोछ ।