आफ्नै कला आफ्नै संस्कृति

काठमाडौ—हाम्रो खानपान र जीवनशैली संस्कृति बेग्लै छ । टपरीभरि पाकेका अनेक परिकार खानुको मजा बेग्लै हुन्छ । आधुनिक पुस्ताले विर्सने हुनकि भन्ने डर पछिल्लो पुुस्तालाई लागिहरन्छ ।

त्यसैले शनिबार दशैंको मौका छोपेर भृकुटिमण्डपमा मौलिक परम्परागत खाना चखाने फेस्टीभल मनाइएको थियो । यस फेस्टीभलमा सुुदुर पश्चिमदेखि हिमाल, पहाड र तराईमा खाइने मौलिक खानाका स्टलहरु राखिएका थिए । हेरौं केहि तस्वीरहरु जसलाई देखेर मनै लोभिन्छ ।