एक लाख ४० हजार घुससहित डिएसपी राई पक्राउ

काठमाडौं, २१ असोज—  एक लाख ४० हजार घुससहित डिएसपी श्यामकुमार राई महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालयबाट शनिबार पक्राउ परेका छन् ।  अख्तियारका एसपी प्रवीण पोखरेल नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।