काजु, पेस्ताको मुल्य किलोमा ३ सय रुपैयाँ वृद्धि

काठमाडौ,२१ असोज —चाडपर्वमा बढी खपत हुने किसमिस, पेस्ता, काजु, बदाम, सुकेको नरिवललगायतको मूल्य ३ सय रुपैयाँसम्म बढेको छ । काजुको मुल्य १ हजार तीन सय रुपैयाँबाट १ हजार ६ सय रुपैया पुगेको छ भने
त्यस्तै पेस्ताको मूल्य पनि तीन सय रुपैयाँ बढेर १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । यी सामग्रीको मूल्य ६ महिनाअघिसम्म १४ सयदेखि १५ सय रुपैयाँसम्म थियो । अहिले बजारमा किसमिस प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भइरहेको छ किसमिसको मूल्य पहिले ४ सय रुपैडा थियो ।
साभार— नयाँ प्रत्रिका