नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुुष्पकमल दाहालले भने, ‘जिल्लाको पार्टी एकतालाई छिट्टै टुंगो लगाउने छौं ’

काठमाडौं—प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुंगो लगाउने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले बताएका छन् । दशैंको अवसरमा नेकपा प्युठान—काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनेका थिए ।
दशैं तिहारको शुुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बसेर एकता टुंग्याउने बताएका छन् । हिजो मात्रै प्रधानमन्त्रीसंग छलफल भएको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग एकताको टुंगो लगाउन सहमति भएको बताए ।