डा. केसी जुनसुकै बेला पनि अनसन बस्ने सक्ने

काठमाडौं—प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं नेशनललाई गैरकानुनी रुपमा अस्पताल संचालन गर्न अनुमति दिएको भन्दै आलोचना गरेका छन् । उनले कुनै पनि बेला आमरण अनसन बस्न सक्ने चेतावनी समेत दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले हालै मात्र प्रस्तावीत काठमाडौ मेडिकल कलेजलाई ३ सय शश्याको अस्पताल सञ्चालन गर्ने अनुमति दिएको थियो । यस विरुद्ध डा. केसीले यो काम गैर कानुुनी भएको भन्दै खारेज गर्न माग गर्दै आएका छन् । यति सो हुन सकेन भने अनसन बस्न सक्ने बताएका हुन् ।