प्रविधिको प्रभाव : सहकारी एप्सबाट संचालन हुदै

सिन्धुपाल्चोक—आधुनिक प्रविधिको समयमा संसार अडिएकोछ । हरेक कुरामा एप्सको प्रयोग हुदै जादा यतिबेला सिन्धुपाल्चोकको शुुभप्रभात बचत तथा ऋण सहकारीले एप सिस्टम प्रयोग गरेर सेवा दिन थालेकोछ । यो प्रविधिमा काम गर्न थालेको जिल्लाभरका सहकारी मै पहिलो रहेको छ ।
ब्राहबिसे नगरपालिका वडा ९ मा रहेको यस सहकारीले आफ्नो एप सञ्चालनमा ल्याएका छन् । सहकारीका नवर्निवाचित अध्यक्ष उद्धवबहादुर तिवारीका अनुसार मोबाइल बैकिङ, बिल भुक्तानी, रिचार्ज, एकाउन्ट सिस्टमदेखि थुप्रै सुविधा एपबाटै हुदै आएकोछ । यस्तो प्रविधिले सहकारी छिटो र व्यवस्थीत रुपमा संचालन गर्न सघाउ पुुराउने अध्यक्ष तिवारीले बताए ।