‘विद्यार्थीलाई कक्षा कोठाको पाढइले मात्र पुग्दैन’— प्रधानमन्त्री

काठमाडौँ, २० असोज— प्रधानमन्त्री केपी ओलील विद्यार्थीहरुमा कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नगर्ने भएकोले व्यवहारिक शिक्षामा दिनुपर्ने बताए । उनले भने ‘अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन। विद्यार्थीलाई घर गाउँमा, खेतमै लगेर शिक्षा दिनु पर्दछ’
प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताए ।