मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

काडमाडौं — सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको जित निकिालेको छ। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेपाललाई जित दिलाउँने क्रममा कप्तान पारस खड्काले र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गरे ।