पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 

काठमाडौ, २० असोज— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रहेका सांसद हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बर्दियाको बबई नदीमा पुल निर्माणका क्रममा भ्रष्टाचार भएको ठहरसहित रौनियारका बाबुछोरासहित १२ जनाविरुद्ध अख्तियाले मुद्दा दायर गरेको छ ।
अख्तियारले सांसद रौनियारसँग १९ करोड ३२ लाख २५ हजार र उनका छोरा सुमितसँग पनि त्यति नै रकम विगो दाबी गरेको छ । पप्पुले हाल देशैभर करिब ५ किलोमिटर पुल तथा अन्य संरचनाका लागि १८ अर्बको ठेक्का लिएको छ ।