बाँकेमा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु, १७ जना घाइते

 

काठमाडौ, २० असोज —पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान ठोक्किएका थिए ।