बलात्कारको आरोपपछि रोनाल्डो पोर्चुगलको टिमबाट बाहिर

एजेन्सी —एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलाई नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ ।