सवारी चालक अनुमति पत्र माग गर्दै बहिरा नागरिकको धर्ना

काठमाडौ,१९ असोज —सवारी चालक अनुमति पत्र सरकारले नदिएको भन्दै बहिरा नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् ।
संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय बहिरा महासंघको आयोजनामा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।