‘निर्मला पन्तको विषयमाथि राजनीतिकरण गरियोे’— गृहमन्त्री

काठमाडौ,१७ असोज —कञ्चनपुरकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा उलाचेलेर राजनीतिकरण गरिएको  गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । बुधबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने ‘छानविन गरेर अपरधीलाई कानुनको दायरामा ल्याउने प्रयत्न हुँदा पनि यो विषयलाई उचालिएको छ’ उनले भने ‘यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिँदैछ ।’