पाँच किलो सुनसहित बालाजुबाट एकजना पक्राउ

काठमाडौँ,१७ असोज —प्रहरीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।