अत्तरियामा जलाइए राष्ट्रिय पत्रिकाहरु

काठमाडौ,१७ असोज —सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै अत्तरियामा बुधबार बिहान पत्रिका जलाइएका छन् । अत्तरियाका स्थानीयले कान्तिपुर दैनिक, दि काठमाडौं पोष्ट र अन्नपूर्ण पोष्ट पत्रिका जलाएका हुन् ।
नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा पत्रिका ल्याउने क्रममा बुधबार बिहानै अत्तरिया चोकमा पत्रिका जलाइएको हो ।