डिभी आज खुुल्दै ,निशल्क भर्न पाइने

काठमाडौ,१७ असोज —सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले प्रष्ट पारेको छ । डिभी चिठ्ठा भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।