नेपाल प्रहरीद्धारा ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान

काठमाडौ, १५ असोज —नेपाल प्रहरीले बिभिन्न पदका लागि ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ ।
जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानको माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।