एक रुपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौ,१५ असोज —सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ ।
तोकेभन्दा मात्र बढी भाडा लिए पनि रु पाँच हजार कारवाही गरिने विभागले जनाएको छ । विभागको फ्याक्स नं सहित ४४७४९२२, फोन नं ४४७९६९० मा उजुुरी गर्न सकिनेछ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नं ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिनेछ ।