महानगरीय प्रहरी परिसरले चाडपर्व लक्षित गरेर सुरक्षा कठाई गर्ने

काठमाडौं, १४ असोज—महानगरीय प्रहरी परिसरले काठमाडौको सुरक्षा प्रति संवेदनशील बनेकोछ । दशैं तिहार र छठ पर्व लक्षित गर्दै महानगरीय प्रहरी परिरले सुरक्षित काठमाडौं अभियान सुरु गरिएको हो ।
राजधानीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख एसएसपी बसन्त लामाले पर्वका लागि सुुरक्षा योजना सार्वजनिक भएको बताए । हुन सक्ने सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षाको तयारी गर्न लागेको उनले बताए । उनका अनुसार काठमाडौं भित्रिने सबै नाकामा कुकुरको चेकजांच देखि अपराधी समात्न नाकाबन्दीको समेत योजना रहेको बताए ।