निर्मला हत्याकाण्ड — निलम्बित एसपी विष्टसहित तीनै जनाको डिएनए मिलेन

काठमाडौ,१४ असोज —कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका निलम्बित कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डिएनए रिपोर्ट मेल खाएन ।
मृतक निर्मला पन्तको योनीमा भेटिएको भेजिनल स्वाबसँग तीनै जनाको डिएनए नमिलेको रिपोर्ट आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
झण्डै दुई साता अघि प्रहरी प्रधान कार्यालयले उनीहरु तीनै जनाको डिएनए परीक्षणका लागि रगत लिएको थियो ।