अस्थायि शिक्षकले गरे पत्रकार सम्मेलन

काठमाडौं, १३ असोज—जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकहरुले पनि न्युुनतम अंक ल्याए परिक्षामा उतीर्ण गराउन संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले आग्रह गरेकोछ ।
राजधानीमा कार्यक्रम गरेर समितिले विज्ञापन नं १ र २ जस्तै ३ का लागि समेत एनेको व्यवस्था गर्न आग्रह गरेको छ । त्यस्तै, व्यवस्थापन समायोजन माग गर्दै विज्ञापन नम्बर १ र २ मा बढी भएका दरबन्दीहरु विज्ञापन नम्बर ३ मा परिक्षा दिने परीक्षार्थीको व्यवस्थापन गर्न माग गरेकोछ ।