सम्झौता कार्यान्यन नभए १६ औँ अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, १२ असोज—प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताएका हुन्।
२७ दिनसम्म चलेको १५ औं अनसन बस्दा सरकारले आफ्ना सबै माग पुरा गर्ने भनेर सम्झौता गरेको स्मरण गराउँदै डा केसीले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताए ।