नेपाल —चीन उर्जा संयन्त्र बैठक शुुरु

काठमाडौ,१२ असोज —नेपाल —चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक शुक्रबार काठमाडौंमा सुरु भएको हो ।

ट्रान्समिसन लाईन निर्माण, दुवै देशको उर्जाको सम्भाव्यता र मागका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको छ ।