सुचनाको हक प्रयोग गर्ने पत्रकारको संख्या  ५ प्रतिशत मात्रै

 

इमेलखबर संवाददाता

काठमाडौं—सचुनाको हक प्रयोग गर्ने नेपालीको संख्या १६ हजार पनि पुगेको छैन । त्यसमा पत्रकारको संख्या ५ प्रतिशत पनि नरहेको राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले बताए । उनले सुचनाको हकबारे राज्यले नागरिकलाई बुझाउन नसकेको र नागरिकले पनि चासो नदिएको सुनाए । सुचनाको हक मात्रै पत्रकारले प्रयोग गर्ने नभई सम्पुर्ण नागरिकले चाहेमा सजिलै सुुचना लिन पाउने मौलिक हक छ ।

संविधानमा उल्लेख गरिएको सुचनाको हक विषय अभ्यासमा आउन नसकेकोमा प्रमुख आयुक्त बास्कोटा चिन्तीत देखिए । राजधानीमा बिहिबार नेपाल पत्रकार महासंघको महिला समीतिले आयोजना गरेको ‘सुचनाको हकबारे महिला पत्रकारको भुमिका’ विषयक अन्र्तक्रिया कार्यक्र गरेको थियो । यसै कार्यक्रमा प्रमुख आयुक्त बास्कोटाले महिला पत्रकारले सुचनाको अधिकार कसरी प्रयोग गर्ने र किन गर्ने ? विषयमा जानकारी दिएका थिए । साथै उपस्थीत महिला पत्रकारले सुचनाको हक विषयमा लागेको जिज्ञासा राखेका थिए । कार्यक्रमा हालै नव निर्वाचित संचारीका समुहका अध्यक्ष नितु पण्डितको कार्यसमीतिलाई बधाई एवं शुुभकामना प्रदान गरिएको थियो । प्रमुख आयुक्त बास्कोटा र नेपाल पत्रकार महासंघका सचिव एवं महिला समीति संयोजक लक्ष्मी पुनले कार्यसमीतिका पदाधिकारीलाई गुलाबको फुल हातमा दिएर अभिनन्दन गरे ।