‘अन्तराष्ट्रिय भोलेन्टीअर अवार्ड २०१८’को नोमिनेसनमा समाजसेवी दिलबहादुर गुरुङ

काठमाडौं—जागिरे अवकाश पाएपछि धेरैको चाहना घरपरिवार संगै बसेर बिताउने हुन्छ । स्याङजाका ७९ वर्षे मेजर दिलबहादुर गुरुङ भने त्यस्तो चाहना राख्ने मध्येका परेनन । उनी ब्रिटिस आर्मीबाट रिटायर भएसंगै खालि हात बसेनन् । आफ्नो क्षमताले सक्दो समाजमा सेवा गर्दै आए । असल छिमेकी साहयता संघ (वोनेस) मार्फत झन्डै दुुई दशकदेखि समाज सेवामा उनी सक्रिय छन् । अव्यवस्थित वसोवास क्षेत्रका छोराछोरीलाई शिशुदेखि कक्षा १२ सम्म निशुुल्क शिक्षा सहयोग गर्दै आएका छन् । हाल ५ सय जना शिशु शिक्षा कक्षामा र ५ सय जना १ देखि १२ कक्षामा निशुल्क पढाइरहेको उनले बताए ।

स्याङजास्थित फेदिखोला—४ को श्री सितला माध्यमिक विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका दिलबहादुरलाई इटालिको ‘भिस्पे’ नामक आइएनजीओले अन्तराष्ट्रिय अवार्डका लागि छनोटमा पारेको छ । उनको समाज सेवा प्रति प्रभावित हुदै ‘अन्तराष्ट्रिय भोलेन्टीअर अवार्ड २०१८’ का लागि छनोटमा परेका हुन् ।

साउथ एसिया भरिका ७ जना समाजसेवी मध्ये, उनी नेपालबाट एक जना मात्र छनोटमा परेका हुन् । डिसेम्बरको पहिलो साता इटलीको राजधानी रोममा अवार्ड वितरण गरिनेछ । दिलबहादुर अवार्ड पाउने भन्दा पनि नेपाली कामलाई अन्तराष्ट्रिय स्तर सम्म मुल्यांकन गरिनुु आफैमा गर्वपुर्ण विषय रहेको बताए । उनले यसबाट समाज सेवा प्रति झनै उत्तरदायी बनाएको सुनाए । ‘समाज सेवा गर्दा मनै आनन्दीत हुन्छ’, उनले भने, ‘जीवन रहे सम्म सेवा गरिरहने छु ।’ नोमिनेसनमा परेकालाई भोटिङको आधारमा अवार्ड प्रदान गरिनेछ । दिल वहादुुर गुुरुङलाई निम्न लिंकमा गई भोट गर्न सकिने छ ।
http://premiodelvolontariato.focsiv.it/it/login