१० वर्षे बालिका बलात्कारपछि हत्या गर्ने सार्वजनिक

काठमाडौ,१०, असोज —पोखरा पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया बिक (सुनार) को बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले पोखरा, २२ कोदीमा बस्दै आएका वर्ष २७ कुसुम पौडेललाई बुधबार सार्वजनिक गरेको हो ।
सोमबार साँझ ५ः३० बजे बिस्कुट किन्न निस्केकी सुनार बुधबार बिहान साढे ९ बजे मृत फेला परेकी थिइन् ।