किसानको मल समस्या सुुल्झाउन कृषि मन्त्रालयको गृहकार्य सुरु

काठमाडौं, ३ असोज—कृषि तथा पशुपन्छी मन्त्रीले मलको अभावका कारण किसानले सास्ती खेपिरहेको अवस्था सुुल्झाउन गृहकार्य गरेकोछ । प्रत्येक वर्ष मुलुुकमा मलको अभाव किसानहरुले भोगेका छन् । कृषि मन्त्री चक्रपाणी खनालका अनुसार मल अभावको समस्या समाधानका लागि सरोकारबाला निकायहरुसंग छलफल तीब्र पारिएकोछ ।
उनले मन्त्रालयका सहसचिवको संयोजकत्वमा उच्चस्तरीय समितिले प्रतिवेदन तयार पार्न सुरु गरेको उनले बताए । ६ लाख मेट्रिक टन सम्म रसायनिक मलको माग रहेको र यसमा आपुर्ति भने न्युन छ ।