नेपाल आइडल बुद्ध लामा नर्भिक अस्पतालमा भर्ना

काठमाडौ,२ असोज — पहिलो नेपाल आइडल बनेका बुद्ध लामा नर्भिक अस्पताल भर्ना भएका छन् । नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल पुुगेका उनि ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भए । उनलाई सोमबार देखि नै हलुुका ज्वरो आएको थिए ।
बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो । अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ । उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ ।