आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ३ असोज —आज बिबिध कार्यक्रम गरि देशभर संविधान दिवस मनाइँदैछ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको हो । संविधान दिवस मूल समारोह समितिले बुुधबार बिहान बिशेष सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।